प्रधानमन्त्री अ‍ोलीले बोलाए सुरक्षा परिषद्को बैठक



काठमाडौं । संसद विघटनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । बैठकमा गृहमन्त्री, अर्थमन्त्री सहित प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

संसद भंग गराएपछिको बदलिँदो सम्भावित परिस्थितिबारे शतर्क रहन प्रधानमन्त्रीले बैठकमा निर्देशन दिनसक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्