अख्तियार प्रमुखमा प्रेम कुमार राई सिफारिस



काठमाडौं । संवैधानिक निकायमा रिक्त ४५ सदस्यको नाम संसदमा दर्ता भएको छ । सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राईलाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

संसदीय सुनुवाईको लागि संसदमा नाम पठाए पनि आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् ।

४५ दिनसम्म सुनुवाई नभएमा स्वत : राष्ट्रपतिद्वारा नियुक्त हुने प्रावधान छ । प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्