‘प्रधानमन्त्री ओलीविरुद्ध एक होऔं’ : नारायणकाजी श्रेष्ठ



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन् ।

आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा विरोध जनाएका हुन् ।

‘आज प्रधानमन्त्री श्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो,’ नेकपा प्रवक्ता श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘यो लागू हुन सक्दैन । यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरू एक होऔं ।’

प्रतिक्रिया दिनुहोस्