राष्ट्रपतिले गरिन् संसद विघटन, बैशाख १७ र २७ गते निर्वाचन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । 

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसमक्ष संसद् विघटनका लागि सिफारिस गरेका थिए।

त्यसपछि आजै दिउँसो प्रतिनिधिसभा भंग भएको घोषणा गर्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा निर्वाचन २०७८ बैशाख १७ र २७ गतेलाई तोकेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्