संसद विघटनको सिफारिसपछि पाँच जना मन्त्रीको राजीनामा दिने तयारी



काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पुर्वमाओवादीका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए ।

उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको बुझिएको श्रोतले बताएको छ ।

यसैबीच माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने राजीनामाबारे कुनै निर्णय नगरेको बुझिएको छ ।

उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्र के गर्ने भन्ने निर्णयम पुग्ने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्