पोखरामा संसद विघटन विरुद्ध विद्यार्थी आन्दोलन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पविघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीले आन्दोलन सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका निम्ति संसद विघटनको प्रयास थालेका विद्यार्थीको भनाई छ ।

अनेरास्ववियुका पृथ्वीनारायण क्याम्पस कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु भएको बताए ।

‘प्रधानमन्त्री ओलीको कदमका विरुद्ध अरु कतै आन्दोलन सुरु नहुँदै पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको छ,’ न्यौपानेले भने, ‘सहीदको योगदानले र आन्दोलनका भरमा लोकतन्त्र आएपनि प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका निम्ति यो कदम चालेका छन् ।’ ओलीले भरौटे नियुक्त गर्न नपाउँदा ‘कु’ को प्रयास गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्