संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिन बालुवाटार पुगे प्रचण्ड



काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो । खुमलटारमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत नेताहरु सहभागी थिए ।

यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्