आमाले दुध खुवाउँदा गयो ३ महिनाकी छोरीको ज्यान, आमा परिन् पक्राउ



अटम ब्लान्सेट नामटी ३१ बर्षिकी महिलालाई आफ्नै छोरीको हत्याको आरोपमा पक्राउ गरिएको छ । ती महिलाले दुध खुवाउँदा उनकी ३ महिनाकी बालिकाको मृत्यु भएको हो ।

बालिकाको मृत्यु मेथाम्फेटामाइनको ओभरडोजका कारण भएको पाइएपछि आमालाई पक्राउ गरिएको हो । ती महिलाले आफूले मेथाम्फेटामाइन ड्रग्स र गाँजा सेवन गरेर छोरीलाई दूध खुवाएको स्वीकार गरेकी छिन् ।

अटोप्सी रिपोर्टमा बालिकाको शरीरमा ड्रग्सको मात्रा पाइएको थियो ।

अधिकारीहरुले ब्लान्सेटको घरमा दुवै लागूऔषध पनि बरामद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्