संसद विघटनको प्रस्तावपछि नेकपा बैठक अन्योलमा



काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि आजका लागि बोलाइएको नेकाप बैठक अन्यौलमा परेको छ । ५ वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाक शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कार्यकारी आध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल भइरहेको छ ।

गत पुस १ गते बसेको नेकपा स्थायी समिति बैठकले पुस ५ गते अर्को बैठक बस्ने मिति निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्