नेकपाको युवा संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलउेउ गरेको संसद विघटनको नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध गरेको छ । संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सो कदमको विरोधमा सडकम उत्रिन युवाहरुलाई आग्रह गरेका छन् ।

प्रधामन्त्रीको असंवैधानिक कदमविरुद्ध राष्ट्रिय युवा संघ नेपाले देशभर विरोध प्रर्दशन गर्ने र आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने उनले बताए । संसदीय सर्वोच्चता र जनताको अभिमतको अपमान हो, उनले भने ।

प्रधानमन्त्रीको यो कदमलाई संधर्ष गरेर सडकबाट फिर्ता गरिन्छ । अर्को उपाय भनेको कानूनी बाटो खोजिन्छ । ओलीलाई यहाँभन्दा थप निरङ्कुश हुन दिनेछैनौँ । आजै नेकपा निकट अनेरास्ववीयूले पनि माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्