संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन, सिफारिस फिर्ता हुनुपर्छ : नेता पौडेल



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेलले संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान नभएको भन्दै संसद विघटनको सिफारिस फिर्ता हुनुपर्ने बताएका छन् ।

उनले भने, अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक आकस्मिक राखेर संसद विघटनको सिफारिस गरेका थिए । पूर्व सभामुख समेत रहेका नेता पौडेलले मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्