संसद विघटन लोकतन्त्र र गणतन्त्रमाथि खतरा : माधव नेपाल



काठमाडौं । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधनिक कदम रहेका बताएका छन् ।

वरिष्ठ नेता नेपालले संसद विघटन गरेर लोकतन्त्र र गणतन्त्रमाथि खतरा भएको बताए ।

‘प्रधानमन्त्रीबाट यो कदम चालिएको हो भने असंवैधानिक छ । यो लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार हो,’ उनले भने, ‘यसलाई तुरून्त फिर्ता लिएर बसेर छलफल गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्