सडकमा एक मजदुरको गरियो घाँटी रेटेर हत्या



भारतको राजधानी चेन्नईमा भएको हत्याको एक डरलाग्दो तस्बिर बाहिर आएको छ । जहाँ एक मजदुरलाई सडकको मध्यभागमा ९ पटक गला रेटेर हत्या गरिएको छ ।

गएको बुधबार घटेको यस घटना नजिकैको सिसिटिभी क्यामेरामा कैद भएको थियो, अहिले यो भिडियो भाइरल भइरहेको छ । ‘इन्डिया टुुडे’ को समाचारअनुसार चेन्नईको पुुदुुपेट इलाकामा तीनजनाले मिलेर सन्तोष नामका एक मजदूरको हत्या गरेका हुन् । मृतक सन्तोष कनागी नगरमा बस्ने गर्दथे ।

यस घटनामा ग्रेटर चेन्नईको प्रहरीले अहिलेसम्म दुुईजनालाई पक्राउ गरिसकेको छ । अर्का एक आरोपित अझै पनि फरार छन्, प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्