प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री ओली



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

आज बिहान प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न ३ बर्षपछि उनको आफ्नै निवास खुमलटार पुगेका हुन् । केहीसमय देखि चर्किएको नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि ओली प्रचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो । ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए ।

प्रतिक्रिया दिनुहोस्