गुल्मीमा अटो दुर्घटना हुदाँ १ को मृत्यु ४ घाइते



गुल्मीमा अटो दुर्घटना भएको छ । अटो दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा लु१ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ घर भएका चालक तेजबहादुर रानाको मृत्यु भएको छ ।

अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पतालमै र २ जनाको पाल्पामा उपचार भैरहेको गुल्मी प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्