नेकपा विवादको असर जिल्ला तहका विद्यार्थीसम्म, म्याग्दीमा झण्डै हात हालाहाल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ । पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागी हुन आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन् ।

अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले जिल्लामा प्रवेश गर्दा समेत संस्थागत जानकारी नभएको भन्दै सह अध्यक्ष तामाङ सहभागी भएको पत्रकार सम्मेलनस्थलमै पुगेर कडा प्रतिवाद गदैं पूर्व क्रान्तिकारीहरुलाई भेला गरेको आरोप लगाए ।

‘सुटुक्क आएर गुटगट भेला गर्नुभयो,‘ यो संगठनको भावना विपरित हो’ अध्यक्ष विश्वकर्माले तामाङलाई लक्षित गदैं भनेपछि केहीबेर निकै विवाद भएको थियो ।

पत्रकार सम्मेलन भएको स्थानबाहिर करिब आधा घण्टा दुवै पक्ष बीच विवादमा सह–अध्यक्ष तामाङले आक्रमणको शैलीमा आएको भन्दै आपत्ती जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्