
काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै दिपायलस्थित उच्च अदालतको सांसद रेशमचौधरीलगायतलाई जन्मकैद फैसला गरेकोमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुरामा भट्टराईले गम्भीर आपत्ति जनाएका छन् ।
सांसद चौधरीसहित अन्य ७ जनाविरुद्ध जन्मकैद सजाय हुने कैलाली जिल्ला अदालतले यसअघि गरेको आदेश उच्च अदालतले सदर गरेको खबर सार्वजनिक हुनेबित्तिकै शुक्रबार सामाजिक सञ्जालमार्फत डा.भट्टराईले विरोध प्रकट गरेका हुन् ।
‘यथास्थितिको रक्षार्थ कानुनरअदालत बन्छन् । अतः उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन,’ पूर्वप्रधानमन्त्री डा.भट्टराईले ट्विट गरेका छन्, ‘विडम्बना झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरियो ! यो अन्याय सह्य छैन । थारू नायकहरूलाई सलाम !’





