
काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेशीमा चढाएको छ ।
सापकोटाको मुद्दा प्रधानन्यायाधीश चोलन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुनमा २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् । यो मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले अदालतको अवहेलना मुद्दा समेत हालेको थिए ।





