
काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुले संसद बैठक बोलाउन माग राखेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखेको पत्र राष्ट्रपतिको कार्यालयले दर्ता नगर्नु स्वेच्छाचारी चरित्रकै द्दोतक भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि छलफल आवश्यक भएको भन्दै संसद बैठक बोलाउन माग राखेर नेकपाकै ८३ सांसदको हस्ताक्षरसहितको पत्र लिएर बुधबार नेता रावल र पम्फा भुसाल राष्ट्रपति कार्यलय पुगेका थिए । तर आफूहरुलाई ६ घण्टा कुुराएरु पत्र दर्ता नगरेको रावलले बताएका छन् ।







