प्रचण्डको सचिवालयले भन्यो : ‘राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित’



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भएको सहमतिबारे जानकारी दिँदै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले राजनीतिक प्रस्ताव फिर्ता गरिने भनेर भ्रम फैलाइएको बताएका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता हुने भनेर गलत हल्ला फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।

प्रचण्डका प्रेस संयोजक ‘जुगल’ ले सामाजिक सञ्जालमार्फत यसो भनेका हुन् :

२०७७ पुस १ गते बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले निम्न निर्णयहरू गरेको छ।

. सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपतिसमक्ष संसद्को अधिवेशनको माग गर्दै पेस गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ।

२. संवैधानिक नियुक्तिहरू सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ।

३. पार्टी स्थायी समितिको बैठक यही पुस ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुस १० गते बस्ने निर्णय भएको छ।

४. बैठकमा पेस भएका प्रस्तावहरू पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरूमा छलफल गर्ने । राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु।’

प्रतिक्रिया दिनुहोस्