अवैध लागु औषध गाँजा सहित ४ जना पक्राउ



काठमाडौं । मोरङ जिल्ला विराटनगर महानगपालिकाको पव्लिक स्कुल नजिक गाँजा बेचेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोहि नगरपालिका ४० वर्षीय रुपेश शाह, २५ वर्षिय विनेश खवास, २२ वर्षीय सुमित साह, २१ वर्षीय सागर राय, रहेका छन् । उनीहरुलाई ४०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको प्रहरी कार्यालय मोरङले जानकारि दिए । अहिले उनीहरुको अनुसन्धान कार्य भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्