सरकारको असफलताविरुद्ध राप्रपाले प्रदर्शन गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । आज बसेको पार्टीका केन्द्रीय सचिवालय कार्यव्यवस्था समितको बैठकले पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरमा मोटरसाइकल ¥याली गर्ने र पुुस १५ देखि २५ भित्र जिल्ला सदसमुकामा जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुन स्थापनाको लागि पार्टीले पहिलो चरणमा प्रदर्शन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्