मानवसेवा आश्रमद्धारा सडकमानवहरुको सहयोगापेक्षी पुष ७ गतेदेखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम



काठमाडौं । मानवसेवा आश्रमद्धारा सडकमानवहरुको सहयोगापेक्षी पुष ७ गतेदेखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा–२०७७) घोषणा

काठमाडौं । मानवसेवा आश्रमले (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकमानवहरुको सहयोगको अपेक्षासहित यही पुष ७ गतेदेखि आगामी माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली यात्रा–२०७७) गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराईएको हो ।

आश्रमले मेची–महाकाली यात्रा २०७७ गर्नुको प्रमुख उद्देश्यमा देशका पूर्वदेखि पश्चिमसम्मका मुख्य राजमार्गको आसपासमा कष्टपूर्ण जीवन विताईरहेका सहयोगापेक्षी मानवहरुको उद्धार गर्ने, सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि जनचेतना अभिवृद्धि राउने र मानवता प्रर्वछन गर्ने, स्थानीय सरकारसँगको सहकार्य र समन्वयलाई बृहत बनाउने र सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि आधार तय गर्ने रहेका छन् । आश्रमले जनाएअनुसार यात्रामा राजमार्ग र आसपासका क्षेत्रमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको उद्धार, सरसफाई, प्रार्थमिक उपचार उनीहरुसँगै सहभोज र विभिन्न आश्रममा स्थानान्तरण गराउने, र सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापन एवं सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिनेपनि जनाईएको छ ।

आश्रमले २०६९ सालदेखि खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहनी, शारिरीक तथा मानसिक रुपमा कमजोर) मानवहरुको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारिक पूनर्मिलनको कार्य गर्दै आईरहेको छ ।

आश्रमले आज मात्रै क्लबको पत्रकार सम्मेलनमार्फत नै केन्द्रीय लेखा परिक्षण एवम् आय व्यय विवरण पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्