संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली तयार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सोचमा पुगेका छन् । बुधबार ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाबीच भएको दोस्रो भेटपछि अध्यादेश फिर्ता लिने सहमति नजिक ओली पुगेको एक नेताले बताए ।

बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक अघि दुई नेताबीच छलफल भएको थियो । पहिलो भेट फलदायी नभए पनि दोस्रो भेट पार्टीका अन्य नेतासहित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्