गायन रियालिटी सो नेपाल स्टारका प्रतिस्पर्धिलाई अब स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने



काठमाडौं । लोकप्रिय टेलिभिजन गायन रियालिटी सो नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले कि एडभर्टाइजिंगसँगको सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएको हो ।

नेपाल स्टार नेपालको गायक छनौट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका प्रतिस्पर्धीको प्रस्तुति गत फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । प्रतिस्पर्धामा भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने गर्छन् ।

आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा NS <Voting Code> टाईप गरि 33001 मा पठाउनु पर्ने छ ।

स्प्यारो एसएमएसले एक दशकदेखि नेपालभर एसएमएस पठाउने सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्