नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओलीको पनि सहभागी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक सुरु भएको हो ।

बैठकका लागि दिउँसोदेखि नै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगे पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन ।

अहिले उक्त छलफल सकिएपछि ओलीसमेत सहभागी भएर बैठक सुरु भएको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्