नेविसंघ खोटाङद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको बिरोधमा नेपाल विद्यार्थी संघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

संसद अधिबेसन छलेर अलोकतान्त्रिक तरिकाले संवैधानिक परिषद् काम कतव्य, अधिकारर र कार्यविधि सम्बन्धी, पहिलो संशोधन अध्यादेश २०७७ ल्याएको भन्दै नेविसंघले बुधबार बिहान दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालयबाट नारा जुलुस लगाउँदै निस्किएको नेविसंघका नेता तथा कार्यकर्ताले बेस क्याम्पमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । सरकारको पछिल्लो कदम सर्वसत्तावादी भएकाले बिरोधमा पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्