अध्यादेशले सरकारलाई झन् स्वेच्छाचारी र निरंकुश बनायो : सीपी मैनाली



काठमाडौं । नेकपा मालेले सरकारले मंगलबार ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ ।

पार्टी महासचिव सीपी मैनालीले बुधबार विज्ञप्ति जारी गरी अध्यादेशले सरकारलाई झन् स्वेच्छाचारी र निरंकुश बनाउने बताएका छन् ।

‘आफ्नै वैधताबारे प्रश्न बोकी आएको उक्त अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्रीबारे विविध कोणबाट प्रश्न र विरोध गर्ने ठाउँ दिएको मात्र छैन, त्यसले यस ब्यवस्थाको शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तमाथि नै चोटिलो प्रहार गरेको छ’ मैनालीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्