
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को छैठौं स्थायी कमिटी बैठक (बुधबार) आज बस्दैछ । अहिलेसम्मको जानकरी अनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । २८ गतेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले १ गतेको बैठक बालुवाटारमै बस्ने बताएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आफ्ना केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको थियो ।
आज बस्न लागेको स्थायी कमिटी बैठकलाई निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टीभित्र र सरकारमा कुनै परामर्शविने संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि तरंगित भएको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका अन्य नेताहरु अध्यादेशप्रति रुष्ट बनेका छन् । अधिकांश नेताहरुले तत्काल अध्यादेश फिर्ता लिन आग्रह गरिरहेका छन ।





