
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप जनता समाजवादी पार्टीका संघीय परिषद् डा.बाबुराम भट्टराईले लगाएका छन् ।
यसर्थ ‘थप हर्कत’ हुन नदिन प्रधानमन्त्री ओलीविरुद्ध महाअभियोग लगाउनेतर्फ अघि बढ्नुपर्ने उनले अपिल गरेका छन्।
‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठकरवक्तव्यबाजीरगनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो,’ पूर्वप्रधानमन्त्री डा.भट्टराईले ट्विटरमा लेखेका छन् ।





