प्रचण्ड भेट्न शंकर पोखरेल एकाबिहानै पुगे खुमलटार



काठमाडौं । अध्यादेश प्रकरणपछि नेकपाभित्र आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को विरोध भइरहेको बेला ओलीले पुन सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएका बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्