संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि दाहालसहित नेताहरु छलफलमा



काठमाडौं । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेकपा नेताहरु छलफलमा जुटेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष दाहाल निवासमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा जुटेका हुन् ।

यस अघि अध्यक्ष दाहालले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्नु पर्ने बताएका थिए । अध्यादेश बदनियतपूर्ण तरिकाबाट ल्याइएको भन्दै उनले त्यसलाई तुरुन्त खारेज गर्न भनेका थिए ।

वुधबार नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । बैठकमा अध्यादेशको विषयमा छलफल गरिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्