संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार्य छ : निधि



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार्य भएको बताएका छन् ।

सरकारले मंगलबार मात्र बहुमत सदस्यको उपस्थितिमै परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

प्रमुख विपक्षी कांग्रेसले यसको विरोध गरेको छ । कांग्रेस उपसभापति निधिले राजनीतिक दलहरुसँग परार्मश नगरी अचानक आएको अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी कदम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्