प्रधानमन्त्री ओलीद्धारा प्रमुख सचेतक गुरुङको राजीनामा माग



काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् ।

२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए ।

जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए । ओलीले भने दलको नेता (आफू)विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् ।

गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्