
कपिलवस्तु । शिवराज नगरपालिका-९ बिजगौरी बस्ने दुर्गा सिंह राहु मगरको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा घर र लत्ताकपडा लगायतका सामान जलेर करिब ७ लाख ६० हजार रुपैयाँ बराबर धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





