जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



सुनसरी । जंगली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका-६ सुकुमबासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको सोमबार बिहान मृत्यु भएको छ । गहुबारीमा पानी लगाउन जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्