४ जना मृत अवस्थामा फेला



काठमाडौं । काठमाडौं महानगरपालिका-१७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

भक्तपुर, भक्तपुर नगरपालिका-३ बराहिथान नजिक हनुमन्ते खोलाको किनारमा सोही नगरपालिका-८ च्यामासिंह बस्ने २० वर्षीय हरीसुन्दर कपाली आइतबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, दमक नगरपालिका-९ मा डेरा गरी बस्ने एकिन नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय सेवक सुनार नाम बताउने पुरुष आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, भेरी नगरपालिका-१ कालेगाँउ बस्ने ५६ वर्षीय नेत्र बहादुर बस्नेत सोही नगरपालिका-३ सातदुलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सदरमुकाम खलंगा जान्छु भनि घरदेखि हिडेकोमा घरमा नआए पश्‍चात खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्