सरकारले सत्तामा बसिरहने नैतिक अधिकार गुमायो : नेता सिंह



जनकपुर । कांग्रेस नेता प्रकाशमान सिंहले ओली नेतुत्वको सरकार सम्पूर्ण मोर्चामा असफल भएको बताएका छन् ।

प्रेस युनियन धनुषाले मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ओली नेतुत्वको सरकार कोरोना व्यवस्थापना, विधिको शासन स्थापना, विधिको शासन स्थापना, विदेश नीति तथा आर्थिक संवृद्धिलगायतका सम्पूर्ण मोर्चामा असफल भएको छ । यस सरकारले सत्तामा बसिरहने नैतिक अधिकार गुमाएको छ ।

सरकारले लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरी मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै उनले संघीयता संस्थागत गर्नुपर्नेमा प्रधानमन्त्री स्वयंले प्रदेश सरकार संघको प्रशासनिक एकाइ भएको अभिव्यक्ति दिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्