
काठमाडौं । आज बस्ने भनिएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन् । सापकोटा नजाने जानकारी उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले दिएका छन् ।
‘बैठकका लागि सरकारबाट समन्वय, पूर्वतयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख जानुहुने छैन,’ न्यौपानेले भने ।
यस अघि मंसिर २८ गते आइतबार पनि परिषदको बैठक बोलाइएको थियो। तर, सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको उपस्थिति नभएपछि स्थगित भएको थियो।
सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ ।
संवैधानिक परिषद बैठकमा सभामुख नजानुको कारण भने नेकपाभित्रको आन्तरिक विवाद रहेको स्रोतहरू बताउँछन् ।





