देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको छ : मन्त्री त्रिपाठी



काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको धारणा राखेका हुन् ।

स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने भन्ने निर्भर रहेको उनको भनाइ थियो । संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैले पनि समाप्त पार्न नसक्ने उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्