वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भयो : कांग्रेस प्रवक्ता शर्मा



काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको बताए ।

उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए ।’

‘प्रवक्ता शर्माले कम्युनिष्ट पार्टीहरुले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी नभएर आकाशमा उड्ने प्लेनलाई अपहरण गरेको पार्टी भएकाले कम नआँक्न चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्