
काठमाडौं । हालै निधन भएका पूर्वराजदूत कमानसिंह लामाका विषयमा सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध विभिन्न आरोप लागेपछि खानेपानी मन्त्री बिना मगरले खण्डन गरेकी छन् ।
नेकपा नेतृ मगरले यस विषयमा आफूलाई बोल्ने मन नभएको तर बोल्नैपर्ने अवस्था आएको भन्दै श्रेष्ठको बचाउ गरेकी हुन् ।
उनले ट्विटरमा यति मात्र लेखेकी छन्, ‘नारायणकाजीको दोष छैन । बोल्दिनँ भन्दाभन्दै बोलेँ है ।’ लामा पनि नेकपाकै केन्द्रीय सदस्य थिए ।






