पार्टीमा भएको बहसले सरकार र पार्टीलाई अझै बढी सुद्दढ बनाउँछ : गृहमन्त्री थापा



चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीेको विवादलाई स्वभाविक प्रक्रिायाका रुपमा लिन आग्रह गरे ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुद्दढ बनाउने बताए । जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने उनको विश्वास थियो ।

राजावादीहरुको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले यो उनीहरुको मृगतृष्णा मात्रै भएको बताए ।

सरकार विरोधी पनि अहिले सलबलाइरहेका छन्, सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन गृहमन्त्री थापाले भने नेपाली जनताले उनीहरुको सपनालाई जनताले उनीहरुको सपनालाई कदापी पुरा हुन दिँदैन ।

प्रतिक्रिया दिनुहोस्