
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
बक्यौता नपाएपछि उखु किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नेता पौडेलले उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएकोले माग पूरा गरिदिन आग्रहसमेत गरेका हुन् ।
पौडेलले सोमबार बिहान ट्वीट गर्दै मिल मालिक र सरकारमा रहेकाहरूको मिलेमतो र लापरवाहीको शिकार किसानहरू परेको पनि आरोप लगाएका छन् ।





