झापामा स्थानीय तहका नेता कार्यकताको उपस्थितिमा विरोध सभा हुँदै



काठमाडौं । नेपाली कांग्रेस झापाले विरोध कार्यक्रमको सबै तयारी पूरा गरेको छ ।
जिल्लाका १५ वटै स्थानीय तहका नेता कार्यकता विरोधमा सहभागी हुन मोटरासाइकलमा पार्टीको झण्डा र राष्ट्रिय झण्डा बोकेर सडकमा आएका छन् ।

हजारौंको संख्यामा मोटरसाईकाल र ४ चक्के सवारीसाधनमा पार्टीका नेता कार्यकर्ता बिर्तामोड गएर बिरोधसभामा सहभागी हुने तयारी गरिरहेको छन् ।

पूर्वपश्चिम राजमार्गको दमक, केर्खा, दुधे, सुरुङ्गा, चारआली, धुलाबारी र काकडभिट्टामा ग्रामीण क्षेत्रबाट आएका पार्टीका नेता कार्यकर्ता भेला भएर र्‍यालीमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका झापा सभापति उद्धव थापाले जानकारी दिए।

दिउँसा साढे २ बजे जिल्लाभरी नै एकै समयमा सुरु भएको ¥याली विर्तामोडमा पुगेर विरोधसभामा परिणत हुनेछ ।

शिवसताक्षी नगरपालिकाको दुधेबाट कम्तीमा १ हजार मोटरसाइकल र १५० को हाराहारीमा चार चक्के सवरी साधनमा ¥यालीमा सहभागी हुने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्