‘पार्टी प्रवक्ता काजी विरुद्ध भैरहेको षड्यन्त्रको घोर भत्र्सना गर्दछौँ’ : अध्यक्ष नारायण दाहाल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायण काजी श्रेष्ठ विरुद्ध सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा भैरहेको दुश्प्रचार विरुद्ध नेकपा बाग्मती प्रदेशका पार्टी अध्यक्ष नारायण दाहालले सम्बन्धित पक्षबाट खण्डन हुदाँ हुदैँ पनि काजी विरुद्ध भैरहेको षड्यन्त्रप्रति घोर भत्र्सना भएको जनाएका छन् ।

केही समय अगाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायण काजी श्रेष्ठबिच भएको संवादको भिडियो सार्वजनिक भएपछि काजी विरुद्ध विभिन्न टिकाटिप्पणी र भ्रामक समाचारहरु प्रशारण हुदैँ आइरहेका छन् । आजमात्र नेकपाको स्थायी कमिटि बैठकबाटै लामाको मृत्युलाई शोक व्यक्त गर्दै पार्टीले समेत काजी विरुद्ध गरिएका अनर्गल प्रचार, भ्रामक र त्यसमा कुनै सत्यता नभएको भनी स्थायी कमिटीले ठहर गरेकै बेला यता अध्यक्ष दाहालले पनि सो कुरा फेसबुक मार्फत जनाएका हुन् ।

लामाले आर्थिक संकट पर्दै गएपछि कुनै सरसहयोग पाइन्छ कि भनी प्रवक्ता काजीकहाँ गएको र काजीले दुवै पक्षलाई मिलाउन कोशिस मात्र गरेको भनी लामाकै श्रीमतीले सञ्चार माध्यममा प्रतिक्रिया जनाउँदै आइरहेकी छिन् । उता काजीले पनि आफ्नो उक्त लेनदेनमा कुनैपनि संलग्नता नभएको र लामा आफ्नो पार्टीको पुरानो नेता भएकाले वातावरण सहज बनाउन मात्र भूमिका खेलेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्