अध्यक्ष जीवनराम श्रेष्ठ र साउदी राजदूतबीच भेटवार्ता



काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिबार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ । कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी भएको थियो ।

साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसँग भेट गर्नु भएको हो । त्यस एसियाली खेलकुद आयोजनका लागि रियादस“गै कतारको दोहाबीच प्रतिस्पर्धा हुन लागेको छ । यसअघि कतारी ओलम्पिक टोलीले पनि काठमाडौंका भ्रमण गरेको थियो ।

राजदूतसँगको कुराकानीपछि अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउ“दै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षस“ग थप छलफल हुने बताउनु भयो । उहा“ले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठस“गै महासचिव श्रेष्ठले मस्कटमा हुने साधारण सभामा भाग लिनु हुनेछ । त्यस अवसरमा नेपाली टोलीले साउदी र कतारी ओलम्पिक कमिटीस“ग थप भेटघाट गर्नेछ । राजदूत आरवेस“गको छलफलको अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्