
काठमाडौं । ललितपुरमा राजसंस्था पक्षधरहरुले विशाल मोटरसाइकल ¥याली निकालेका छन् । शनिबार राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको ¥यालीलाई राप्रपाले नेतुत्व गरेको थियो ।
र्यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए । र्याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले र्यालीको नेतृत्व गरेका थिए ।
थापाका अनुसार ¥याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो । ¥याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो ।
जुलुशमा सहभागीले जावदाखेलस्थित स्व राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए । मोटरसाइकलमा रहेकाहरुले राष्ट्रिय झन्डा बोकेका थिए । ¥यालीमा बहुंख्यक युवा सहभागी थिए । विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरु भइरहेका छन् ।





