राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक मिति तय गरेको छ । सो पार्टीका अध्यक्षहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाको आज बसेको बैठकले पौष ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको हो ।

उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने अध्यक्ष कमल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्