काँग्रेसकी पूर्व सभासद् कौसर शाह नेकपा प्रवेश गर्दै



काठमाडौं । दोस्रो संविभानसभामा नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य भएकी कौसर शाह सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएकी छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शनिबार दिउँसो २ बजे शाह नेकपा प्रवेश गर्न लागि जानकारी दिएको छ ।

प्रचण्डका सचिवालयका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शाहलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । यता काँग्रेसका मुस्लिम नेताहरुले संवैधानिक आयोगमा नियुक्तिको लोभमा शाहको नेकपा प्रवेश गर्न लागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्